माधव नेपाल जाजरकोट सदरमुकाममा
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुुमार नेपाल भूकम्प प्रभावित जिल्ला जाजरकोट पुग्नुभएको छ । उहाँ जिल्ला व्यवस्थापन समितिको बैठकमा सहभागी हुनुभएको छ ।
अध्यक्ष नेपालको प्रमुख आतिथ्य तथा प्रजिअको अध्यक्षतामा भूकम्प प्रभावित जिल्ला जाजरकोटको सदरमुकाम खलंगामा जिल्ला व्यवस्थापन समितिको बैठक बसेको हो । बैठकमा राजनीतिक दल तथा विभिन्न संघ संस्थाका भनाई र सुझाव प्रस्तुत गरिएको छ ।
बैठकलाई प्रमुख अतिथिलगायत वक्ताहरुले सम्बोधन गर्नुभएको छ ।
टिप्पणीहरू