सञ्चारमन्त्रीको पाँच सय थान सिरक भूकम्पपीडितलाई

सञ्चारमन्त्रीको पाँच सय थान सिरक भूकम्पपीडितलाई

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले रुकुमपश्चिमका भूकम्पपीडितलाई पाँच सय थान सिरक हस्तान्तरण गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिममा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

चिसोका कारण भूकम्पपीडित समस्यामा परेकाले मन्त्री शर्माले आफ्नो तर्फबाट उक्त सहयोग हस्तान्तरण गरेको बताउनुभएको छ ।

टिप्पणीहरू