राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ गते मनोनयन, माघ ११ गते मतदान

राष्ट्रियसभा सदस्य निर्वाचन : पुस २३ गते मनोनयन, माघ ११ गते मतदान

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता पुस २३ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म तय भएको जनाएको छ ।

भोलिपल्ट पुस २४ गते उम्मेदवारीमाथि उजुरी तथा पुस २६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ । 

यस्तै, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि सोही दिन अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । आयोगका अनुसार उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रदान गरिने छ । 

मतदान कार्य माघ ११ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि सोही दिन मतगणना थालिने आयोगले जनाएको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न पाउने छन् ।

टिप्पणीहरू