प्रधानमन्त्रीको टोलीमा जाँदा ३० जना, फर्कंदा १३ जना
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्कनुभएको छ । उहाँ संयुक्त अरब इमिरेट्सको दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५७५ मा साँझ सवा ६ बजे काठमाडौं आइपुग्नुभएको हो ।
उहाँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भाग लिन गत बुधबार ३० जनाको टोलीको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको थियो । उक्त दिन नेपाली टोली नेपाल वायुसेवा निगमको उडानमा त्यता गएको थियो ।
प्रधानमन्त्री दाहालसँगै आज १३ जना फ्लाई दुबईको उडानमा फर्केका हुन् । आज फर्केकामा छोरी तथा निजी सचिव गंगा दाहाल, योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकी, निजी सचिव रमेशकुमार मल्ल, भावी परराष्ट्र सचिव सेवा लम्साल हुन् ।
त्यसैगरी, शिष्टाचार महापाल दिलीपकुमार पौडेल, शिष्टाचार अधिकृत प्रवीण भट््टराई, दुई जना पत्रकार र एक जना फोटोग्राफरसँगै तीन जना सुरक्षाकर्मी पनि प्रधानमन्त्रीको फर्कने टोलीमा समावेश छन् ।
टिप्पणीहरू