सरकार चिनियाँ सहयोग लिन डराएको एमाले अध्यक्षको आरोप

सरकार चिनियाँ सहयोग लिन डराएको एमाले अध्यक्षको आरोप फाेटाे स्राेत : सामाजिक सञ्जाल
सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार उत्तरी छिमेकी मुलक चीनसँग कुनैपनि खालको सहयोग लिन नपर्ने रणनीतिमा लागेको आरोप लगाउनुभएको छ ।

उहाँले आज दैलेखमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै चीनको सहयोगभन्दा पनि अरुसँग डराएर उत्तरको सहयोग लिनबाट पन्छिएको धारणा राख्नुभएको हो।


    
एमालेले मध्यपहाडी लोकमार्ग हुँदै बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ यात्राका क्रममा आज दैलेखमा सन्देश सभाको आयोजना गरेको हो । उहाँका अनुसार चीनले नेपालको विकासको निम्ति विभिन्न खालका सहयोगको प्रस्ताव गरेको तर वर्तमान सरकार पछि हटेको छ ।
 

टिप्पणीहरू