विप्लवले भोलि न्यायाधीशको पुत्ला जलाउने
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीविरुद्ध आन्दोलन गर्ने भएको छ ।
महासचिव विप्लवले पक्राउ पुर्जीसम्बन्धमा जारी गरेको वक्तव्यमा अदालतको उक्त पुर्जी २०७७ फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमतिको ठाडो उल्लंघन भएको बताएका छन् ।
अदालतले महासचिव विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उपत्यका ब्युरो इञ्चार्ज माइला लामालगायतका नाममा पक्राउ पुर्जी जारी गरेको छ । सोही पुर्जीविरुद्ध आज साँझ साढे ५ बजे मसाल जुलुस निकाल्ने कार्यक्रम राखिएको छ । भोलि दिउँसो ३ बजे न्यायाधीशको पुत्ला जलाउने र पर्सि दिउँसो २ बजे देशव्यापी जनप्रदर्शनको कार्यक्रम घोषणा गरिएको छ ।
नेकपामाथिको प्रतिबन्ध हटाउँदा सरकारसँग भएको सहमतिका तीन बुँदामध्ये एउटामा पार्टीका नेता कार्यकतामाथि लगाइएका मुद्दा फिर्ता लिने र बन्दीहरुलार्ई मुक्त गर्ने उल्लेख भएकाले अदालतको पछिल्लो आदेश गैरकानुनी भएको उसको ठहर छ ।
टिप्पणीहरू