आज युएईपछि साउदी अरेबिया पुग्ने रुसी राष्ट्रपतिले भोलि मस्कोमा इरानी राष्ट्रपतिसँग भेट्दै

आज युएईपछि साउदी अरेबिया पुग्ने रुसी राष्ट्रपतिले भोलि मस्कोमा इरानी राष्ट्रपतिसँग भेट्दै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी पुगेका छन् । उनी आजै साउदी अरेबिया पुग्दैछन् । युएअईमा त्यहाँका समकक्षी मोहम्मद बिन जायेदसँग द्विपक्षीय गरेर साउदी अरेबियाका राजधानी रियादमा त्यहाँका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने बताइएको छ ।

जारी इजरायल–हमास युद्धलगायतका विषयमा छलफल गर्न त्यहाँ पुगेका  राष्ट्रपति पुटिनले द्विपक्षीय सम्बन्ध र इन्धनका क्षेत्रमासमेत छलफल गर्ने क्रेमलिनका प्रवक्ता दिमित्री पास्कोभले बताएका छन् । त्यताको भ्रमण सकाएर राति नै मस्को पुग्ने कार्यक्रम छ । भोलि इरानका राष्ट्रपति इब्राहिम रइसीसँग मस्कोमा भेट गर्ने रुसी अधिकारीहरुले बताएका छन् ।

पुटिनविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीले गत मार्चमा पक्राउ पुर्जी जारी गरेपनि चीनको राजधानी बेइजिङ र अहिले अरब मुलुकको भ्रमणमा निस्केका हुन् । 

तर, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स दुवै आइसीसी सन्धिका हस्ताक्षरकर्ता मुुलुक होइनन् ।

टिप्पणीहरू