एनसेल सेयर प्रकरणको छलफलमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारेको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । समितिको आजको बैठकमा सदस्यहरुले उक्त विषय राजनीतिक मिलेमतोमा भएको जनाउँदै अनुसन्धानलाई अघि बढाउन माग गरेपछि प्रधानमन्त्रीलाई बोलाउन लागिएको हो ।
बैठकमा उपस्थित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उक्त विषयमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताएका छन् । त्यसैगरी केही सदस्यले अर्थ र सार्वजनिक लेखा समितिले समेत एनसेलबारे अध्ययन गर्नुलाई समितिको क्षेत्राधिकारबाहिर भन्दै रोष प्रकट गरेका छन् ।
टिप्पणीहरू