विराटनगर नजिकै गोली प्रहार, रुपन्देहीमा पेस्तोल फेला

विराटनगर नजिकै गोली प्रहार, रुपन्देहीमा पेस्तोल फेला

विराटनगरका एक युवकमाथि भारतीय सीमा क्षेत्रमा गोली हानिएको छ । मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि हिजो साँझ गोली प्रहार भएको बताइएको छ ।

गोलीबाट घाइते संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । बाँया तिघ्रामा गोली लागेका संग्रौलाले दश गजा क्षेत्रमा गोली हानिएको भनिए पनि प्रहरीको अनुसन्धानबाट भारतीय क्षेत्रमा प्रहार भएको खुलेको छ ।

उनले दैनिक उपभोग्य वस्तु किन्न सिमावर्ती बजार जोगबनी गएको बताएका छन् । 

उता रुपन्देहीमा सशस्त्र प्रहरी बलले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । उनलाई रूपन्देहीको सियारीबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

राति पौने ११ बजे अमेरिका थारुलाई पक्राउ गरिएको हो । उनको साथबाट पेस्तोल एक थान र मोबाइल सेट नियन्त्रणमा लिइएका उनलाई इलाका प्रहरी कार्यालय, छपियामा बुझाइएको छ ।

टिप्पणीहरू