लघु वित्तपछि दुर्गा प्रसाईंले कोरिया पीडित समाते

लघु वित्तपछि दुर्गा प्रसाईंले कोरिया पीडित समाते

लघुवित्त पीडितका नाममा तराई-मधेसका महिलाहरुलाई काठमाडौँ ल्याएर आन्दोलन गरेको दुर्गा प्रसाईं नेतृत्वको 'नागरिक बचाऊ महाभियान' 'ईपीएस पीडित'को पक्षमा उभिएको छ । 

ईपीएस कोरियन भाषा परीक्षामा फेल भएका विद्यार्थीहरुको आन्दोलनलाई समर्थन गरेको महाभियानले आज दिउँसो कोटेश्वर,पेरिसडाँडास्थित सचिवालयमा पत्रकार सम्मेलन आयोजना छ । दिउँसो ३ बजे सम्मेलन हुने बताइएको छ । 

आफूलाई इपीएस पीडित भन्ने भाषा परीक्षामा फेल भएका विद्यार्थीहरु केही दिनयता लगातार आन्दोलनमा छन् । उनीहरुले अस्ति बिहान ग्वार्कोस्थित वैदेशिक रोजगार विभागको ईपीएस शाखामा पुगेर नाराजुलुससहित धर्ना दिएका थिए । 

शाखाले ल्याएको नयाँ व्यवस्थाले हालसालै सीप बिल्डिङ क्षेत्रको परीक्षामा अनुत्तिर्ण ३२ हजार विद्यार्थीलाई घोर अन्याय भएको भन्दै सो व्यवस्था हटाउनुपर्ने उनीहरुको माग छ । आजको पत्रकार सम्मेलनमा सोहीबारे जानकारी गराइने जनाइएको छ । 

यता,प्रसाईं नेतृत्वको महाभियानले देशभरबाट मान्छे बटुलेर हालै काठमाडौँमा आन्दोलन गरेको थियो । लघुवित्त पीडितलाई न्याय दिलाउने भनिए पनि आन्दोलन राजसंस्था फ़र्काउनेतर्फ केन्द्रित हुँदै गएपछि त्यसै फासफुस भएको थियो ।
 

टिप्पणीहरू