राजमार्गमा दुई वटा मोटरसाइकल ठोक्कियो, एकको निधन

राजमार्गमा दुई वटा मोटरसाइकल ठोक्कियो, एकको निधन
सुन्नुहोस्

बारामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका १०, लालका १९ वर्षीय देक्षेन घिसिङको मृत्यु भएको बताइएको छ । 

प्रहरीका अनुसार आज दिउँसो पूर्व–पश्चिम राजमार्गमा निजगढतर्फ गइरहेको प्रदेश नम्बर ३–०३–००१ प १०९१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरेको ना.४९प १३८८ नम्बरको मोटरसाइकल ठोक्किँदा अर्का एक जना घाइते छन् ।

घिसिङको उपचारको निम्ति वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । गम्भीर घाइते सुनील लामालाई थप उपचारको निम्ति वीरगञ्ज लगिएको छ ।

टिप्पणीहरू