सिन्धुपाल्चोक पुगेर सभामुख घिमिरेले भन्नुभयो नेतृत्वले नेपालको वैभव चिन्न सकेनन्
इन्द्रावती गाउँपालिकामा रहेको सिपातीनघरे संंस्कृति माविको १२१ औं जन्मोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत् धनधान्याचल ज्ञानमहायज्ञको उद्घाटन गर्न आइतबार सिन्धुपाल्चोक पुग्नु भएका सभामुख देबराज घिमिरेले मेलम्ची खानेपानी आयोजनाको मूहान क्षेत्र अम्बाथानको पनि अवलोकन गर्नुभयो ।
आयोजनाको काम सुस्त भइरहेको अवस्थामा मुहान क्षेत्र पुग्नु भएको सभामुख घिमिरेले मेलम्चीको पानी जतिसक्दो चाँडो काठमाण्डौं लानुपर्नेमा जोड दिनुभयो । मेलम्ची खानेपानी आयोजनाको अवलोकन पश्चात महायज्ञ उद्घाटन गर्न इन्द्रावती नदी तरेर सिपातीनघरे मावि पुग्नु भएका सभामुख घिमिेरेले सम्वोधनको सुरुवातमा नै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबाहदुर बस्नेतको खुलेरै प्रशंसा गर्नुभयो ।
सभामुख घिमिरेले सम्वोधन गर्नु भन्दा अगाडि आफ्ना भनाइ राखेको मन्त्री बस्नेतको ‘मैले यो गरे र त्यो गरे’ भन्ने सम्वोधनबाट प्रभावित भएका सभामुख घिमिरेले मन्त्री बस्नेतकै भाषणको जगमा टेकेर बस्नेत जतिको व्यक्तिलाई जिताएर पठाएकोमा सिन्धुपाल्चोबासीलाई धन्यवाद भन्न पनि पछि पर्नु भएन । झण्डै १५ मिनेट मन्त्री बस्नेतको बद्ख्वाई गर्दै आफना सम्वोधन अगाडी बढाएका सभामुख घिमिरेले कविहरुको चिन्तन र सोचको विकास गर्न आवश्यक भएको भन्दै गर्दा काभ्रेमा ज्याम्दीमा जन्मेका व्यँग्य कवि अर्जुन पराजुलीलाई सिन्धुपाल्चोकमा जन्मेको सम्म पनि भन्न भ्याउनु भयो ।
उहाँले सम्वोधनकै क्रममा नेपालीहरु गरिवी, अशिक्षा र पछौटेपनबाट बाँचिरहेको भन्दै नेतृत्वले नेपाल वैभवको पहिचान गर्न नसक्दा नसक्दा नेपालीहरुको अवस्था विकराल बन्दै गएको धारणा राख्नुभयो । नेपालको प्राकृतिक वैभव, धर्म, संस्कार, संस्कृति, विविध भाषा, तीनका इतिहास र ऐतिहासिक ठाउँहरुको विश्वमा प्रचारप्रचार गर्दै भाषिक धार्मिक, सांस्कृति पर्यटनको विकास मात्र गर्ने हो भने पनि नेपालीहरुको पछौटेपन हट्ने ठोकुवा गर्नुभयो ।
पौष १ गतेबाट सुरु भएर पौष ८ गतेसम्म सञ्चालन हुने महायज्ञको उद्घाटन सत्रमा स्वास्थ्य मन्त्री मोहन बस्नेत, पूर्व राज्य मन्त्री विष्णुविक्रम थापा लगायतका वक्ताहरुले सम्वोधन गर्नुभएको थियो ।
टिप्पणीहरू