एनसेललाई सरकारको स्वामित्वमा ल्याउन संसदीय समितिको निर्देशन
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले शेयर खरिद बिक्री प्रक्रियामा विवादमा परेको एनसेललाई सरकारको स्वामित्वमा ल्याउन गरी कानुन परिमार्जन गर्न निर्देशन दिएको छ ।
आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग समितिमा भएको छलफलपछि सो निर्देशन दिइएको हो । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन नआउँदासम्म शेयर कारोबारमा स्वीकृत नदिन प्रधानमन्त्री कार्यालय, अर्थ, सञ्चार र उद्योग मन्त्रालयलाई निर्देश पनि गरेको छ ।
छानविन समितिको प्रतिवेदनलाई समेत आधार मानेर एनसेलले कानुन बमोजिम बुझाउने पर्ने कर तथा गैरकर रकम असुल गर्न पनि संसदीय समितिले निर्देशन दिएको छ ।
यसअघि समिति बैठकमा प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर बिक्रीमा गडबडी देखिएको बताउनुभएको थियो । यस प्रकरणमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने नियत देखिएको प्रधानमन्त्रीको भनाई थियो ।
टिप्पणीहरू