काँग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्यको उम्मेदवार सिफारिस

काँग्रेस नेता सिटौला राष्ट्रिय सभा सदस्यको उम्मेदवार सिफारिस

पूर्वमन्त्री तथा नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । 

काँग्रेस जिल्ला कार्यसमिति झापाले आज सिटौलाको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी गत आमनिर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।  

राष्ट्रपतिबाट मनोनित एक जनासहित राष्ट्रियसभाका २० सांसदको पदावधि फागुन ११ गते सकिँदैछ । त्यसको एक महिनाअघि रिक्त पदपूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी माघ ११ गते निर्वाचनको मिति तोकिएको छ । 

निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा निर्वाचन हुने १९ वटै सिट उनीहरुले जित्ने प्रष्ट अंकगणित देखिन्छ । 

कोशी प्रदेशबाट निर्वाचित हुने सिटौलालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने गठबन्धनको तयारी रहेको चर्चा छ ।

टिप्पणीहरू