पशुपति नजिकै पर्यटन मन्त्रीको बर्खास्तीको माग
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्नुपर्ने माग राख्दै सनातन धर्मावलम्बी सम्पूर्ण नेपाली नामक संस्थाले विरोध प्रदर्शन गरेको छ ।
मन्त्री किरातीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको जनाउँदै राजधानीको गौशालास्थित नेपाल वेदविद्याश्रम अगाडि विरोध प्रदर्शन गरिएको हो ।
किरातीले सनातन संस्कृतिको खुलेआम उल्लंघन गर्दै अमुक पक्षको प्रवक्ता बनेको आन्दोलनकारीहरुले आरोप लगाएका छन् ।
उनीहरुले ‘सुदन किराती मुर्दावाद’, ‘धर्म निरपेक्ष मुर्दावाद’, ‘गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर’ लगायत नारा लगाएका हुन् ।
टिप्पणीहरू