बालुवाटारमा तीन ठूला दलका नेताबीच छलफल, टिआरसी विधेयक मुख्य एजेण्डा

बालुवाटारमा तीन ठूला दलका नेताबीच छलफल, टिआरसी विधेयक मुख्य एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता शुरु भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले भेटघाट जारी छ । भेटमा तीनवटै पार्टीका दोस्रो तहका नेताहरु पनि सहभागी छन् । 

संक्रमणकालीन न्याय (टिआरसी) सम्बन्धी विधेयकका विषयमा छलफल सहमति जुटाउन हिजो पनि शीर्ष नेताबीच छलफल भएको थियो । आज पनि त्यसैमा छलफल गर्न नेताहरु जुटेको बताइएको छ । 

संसदमा विचाराधीन उक्त विधेयकका कतिपय प्रावधानमा दलहरुबीच असहमति छ । आगामी हिउँदे अधिवेशनबाट विधेयक पारित गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले दुई ठूला दलका प्रमुख नेताहरुसँग लगातार छलफल गरिरहनुभएको छ ।

टिप्पणीहरू