माओजयन्ती मनाउन माओवादीको निर्देशन

माओजयन्ती मनाउन माओवादीको निर्देशन
सुन्नुहोस्

सत्तारुढ नेकपा माओवादी केन्द्रले चिनियाँ नेता माओत्सेतुङको जन्मजयन्ती मनाउन पार्टी पंक्तिलाई निर्देशन दिएको छ । 

महासचिव देवप्रसाद गुरुङले सम्पूर्ण प्रदेश समिति तथा जिल्ला समन्वय समितिलाई भोलि आआफ्नो सापेक्षतामा माओ दिवसका कार्यक्रम आयोजना गर्न लिखित निर्देशन दिएका हुन् ।

पत्रमा भनिएको छ, ‘भोलि पुस १० गते विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओत्सेतुङको १३१ औं जन्मजयन्तीको अवसरमा सम्पूर्ण प्रदेश समिति तथा जिल्ला समन्वय समितिहरुले आआफ्नो सापेक्षतामा माओ दिवस कार्यक्रम आयोजना गर्नका लागि पार्टी केन्द्रका तर्फबाट निर्देशन गरिन्छ ।’

टिप्पणीहरू