एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक भोलिदेखि काठमाडौंमा बस्ने भएको छ । तीन दिनसम्म चल्ने बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव घनश्याम भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने जानकारी दिएका छन् ।
बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पार्टीकातर्फबाट उम्मेदवार छनोटका लागि बनाइएको मापदण्डलाई अन्तिम रुप दिने बताइएको छ ।
पार्टीको विधान संशोधन र आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने बताइएको छ । बैठकमा प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर नेताहरुको जिम्मेवारीसमेत हेरफेर गरिने छ ।
पार्टीको विधान संशोधन गर्न आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गरिँदै छ ।
टिप्पणीहरू