रक्षामन्त्रीको टोली शुवाघाट मेलामा, आजको बसाई त्यतै
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सुर्खेतको मेहलकुना पुग्नुभएको छ । उहाँ आज दिउँसो काठमाडौंबाट बुद्ध एअरको उडानमा सुर्खेत पुगेपछि स्थलमार्ग हुँदै त्यहाँ आयोजित शुवाघाट मेलामा जानुभएको बताइएको छ ।
आजदेखि शनिबारसम्म लाग्ने मेलाको उद्घाटनका लागि मन्त्री खड्का राजधानीबाट दिउँसो २ बजे त्यता जानुभएको हो । गुर्भाकोट नगरपालिका ८ स्थित मेहलकुनाको खैरेनीटारमा लागेको मेलामा सहभागी भएपछि मन्त्रीको बसाई आज त्यहिँ राखिएको जनाइएको छ ।
मन्त्रीसँगै राजधानीबाट चार जनाको टोली त्यता गएको हो ।
टिप्पणीहरू