राष्ट्रियसभामा जान काँग्रेसमा नेताहरुको लर्को, नीर शाह पनि सिफारिस

राष्ट्रियसभामा जान काँग्रेसमा नेताहरुको लर्को, नीर शाह पनि सिफारिस

वरिष्ठ कलाकार नीर शाह राष्ट्रियसभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस बाग्मती प्रदेश समितिले उनको नाम सिफारिस गरेर केन्द्रमा पठाएको हो । शाहसहित बाग्मतीबाट ९१ जनाको नाम सिफारिस भएको छ ।

१९ सिटका लागि हुने चुनावमा सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच तालमेल गरेर जाने सहमति छ । गठबन्धन हुँदा कांग्रेसको भागमा ९ सिट पर्ने अवस्थामा आकांक्षीहरुको भने भीड लागेको हो । 

यसअघि कोशी प्रदेशबाट गत चुनावमा प्रतिनिधिसभातर्फ पराजित कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल, सुजाता कोइरालासहित पाँच दर्जन बढीको नाम सिफारिस भएको थियो । 

आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

टिप्पणीहरू