हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर

हर्क साम्पाङको अर्को हर्कत, राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको ठाउँमा यलम्बर
सुन्नुहोस्

सामाजिक सञ्जालमा चर्का अभिव्यक्ति र कतिपय कार्यशैलीका कारण विवाद र चर्चामा आइरहने धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अर्को विवादमा तानिएका छन् । 

उनले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएपछि विवादमा परेका हुन् । धरानलाई स्वतन्त्र राज्य बनाउने धम्की दिँदै आएका साम्पाङले अब आफ्नो कार्यकक्षमा किराँती राजा यलम्बरको फोटो राखिएको बताएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु ।’

संघीय सरकारले धरानलाई महत्व नदिएको भन्दै मेयर साम्पाङले थप लेखेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्व दिन्छ, त्यो दिन पुनः उनीहरुको फोटो टाँस्नेछु, जय देश ।’

टिप्पणीहरू