भारतीय विदेशमन्त्री सेनाको विमानमा आउने प्रधानमन्त्री पुत्रीलाई रिपोर्टिङ

भारतीय विदेशमन्त्री सेनाको विमानमा आउने प्रधानमन्त्री पुत्रीलाई रिपोर्टिङ

भारतीय विदेशमन्त्री डा.सुब्रमण्यम जयशंकर २४ घण्टाको लागि काठमाडौं आउन लागेका छन् । उनी आगामी बिहीबार बिहान दिल्लीबाट आएर भोलिपल्ट दिउँसो बेङ्ग्लोर फर्कने कार्यक्रम छ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन आउन लागेका हुन् । बैठकका निम्ति विभिन्न एजेण्डा रहेको र मुख्य गरी नेपालले भारतलाई बिक्री गर्ने भनिएको १० हजार मेगावाट बिजुलीको विषयमा व्यापक छलफल हुने अधिकारीहरुले जानकारी दिएका छन् ।

विदेशमन्त्री नेतृत्वको टोली सवार भारतीय वायुसेनाको कल साइन आइएफसी २१ विमानमा बिहान १० बजे काठमाडौंमा अवतरण गर्नेछ ।

टोली सोही विमानमा भोलिपल्ट दिउँसो पौने १ बजे काठमाडौंबाट बैंगलोरतर्फ प्रस्थान गर्ने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाललाई हिजो रिपोर्टिङ गरेका छन् । अनेकौं घोटाला प्रकरणमा पनि अख्तियारले केही गर्न नसकेका अधिकारीलाई गङ्गाको आड भरोसा रहेको पर्यटन मन्त्री सुदन किरातीको गुनासो छ ।  भारतीय मन्त्रीको स्वागत तथा बिदाईमा राजदूत नवीन श्रीवास्तवलगायत सात जना विमानस्थल पुग्ने तयारी छ ।

टिप्पणीहरू