प्रधानमन्त्री सैनिक हेलिकोप्टरमा चरिकोट, विपक्षी दलका नेता बुद्ध चढेर भरतपुर
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दोलखा जानुभएको छ । सदरमुकाम चरिकोटमा आयोजना हुने 'दोलखा महोत्सव २०८०' को उद्घाटन गर्न उहाँ त्यता प्रस्थान गर्नुभएको हो ।
सैनिक हेलिकोप्टरमा प्रधानमन्त्री प्रचण्डसहित ९ जनाको टोली दिउँसो चरिकोट उडेको बताइएको छ । प्रधानमन्त्री लिन सेनाको एनए-०५४ हेलिकोप्टर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल मध्य एयर बेशबाट बिहान सवा ११ बजे बालुवाटार प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ ।
यता, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भरतपुर पुग्नुभएको छ । उहाँ बुद्ध एयरको जहाजमा ८ सदस्यीय टोलीको नेतृत्व गर्दै सवा ११ बजे त्यता प्रस्थान गर्नुभएको बताइएको छ ।
टिप्पणीहरू