जनयुद्ध दिवसमा बिदा दिन अदालतबाट रोक

जनयुद्ध दिवसमा बिदा दिन अदालतबाट रोक
सुन्नुहोस्

जनयुद्ध दिवसका दिन बिदा दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ ।

न्यायाधीश डा.आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले फागुन १ लाई जनयुद्ध दिवस मानेर सार्वजनिक बिदा दिने निर्णयमा रोक लगाएको हो ।

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध २०७९ चैतमा रिट परेको थियो । ज्ञानेन्द्रराज आरणलगायत द्वान्द्वपीडितले हालेको रिटमा माओवादीले युद्ध शुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँदा द्वन्द्वमा मारिएका हजारौं पीडित र तिनका परिवारमाथि अन्याय हुने जिकिर गरिएको थियो ।

सर्वोच्चले पनि त्यसैलाई आधार मानेर उक्त आदेश दिएको हो ।

टिप्पणीहरू