पूर्व न्यायाधीश शेखर पौडेलको टोलीले ललितपुर घटनाको छानबिन गर्ने

पूर्व न्यायाधीश शेखर पौडेलको टोलीले ललितपुर घटनाको छानबिन गर्ने
सुन्नुहोस्

सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको गोली प्रहारको घटनाको छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।  

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश पौडेलको अध्यक्षतामा गठित आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य छन् ।

आयोगलाई घटनामा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन तथा विश्लेषण गर्ने, घटनाको कारण र त्यसबेलाको सुरक्षा प्रबन्ध तथा सुरक्षा योजनाको अध्ययन गर्ने कार्यादेश दिइएको छ । आयोगलाई एक महिनाको समयावधि तोकिएको छ । 

बालकुमारीमा रहेको इपिएस कोरिया शाखा कार्यालय बाहिर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको हो ।

टिप्पणीहरू