राति कारको ठक्करबाट नेपालगञ्जमा दुई जनाको निधन

राति कारको ठक्करबाट नेपालगञ्जमा दुई जनाको निधन

नेपालगञ्जमा कारको ठक्करबाट सडकमा हिँडिरहेका दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१च ३४६३ नम्बरको कारले नेपालगञ्ज उपमहानगरपालिका–१८, कारकाँदोस्थित एसके पेट्रोल पम्प नजिकै उक्त दुर्घटना भएको बताइएको छ । 

कारको ठक्करबाट नेपालगञ्ज–१३ का २४ वर्षीया आस्था शाहको मृत्यु भएको छ । मृतक पुरुषको पहिचान खुल्न सकेको छैन । जिल्ला ट्राफिक कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते ती दुबै जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । 

कारको ठक्करबाट घाइते सहाना शाहको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । कार र कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टिप्पणीहरू