जापानमा २४ घण्टामा भूकम्पका डेढ सय झट्का, २० जनाको मृत्यु

जापानमा २४ घण्टामा भूकम्पका डेढ सय झट्का, २० जनाको मृत्यु फाेटाे स्राेत : सिएनएन

मध्य जापानको पश्चिम तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा २० जनाको ज्यान गएको छ । ७.६ म्याग्निच्युडको उक्त भूकम्पपछि १५५ पटक साना भूकम्प गएको बताइएको छ । 

हिजो सुनामी आउन सक्ने चेतावनी दिए पनि आज नआउने जानकारी दिइएको छ । भूकम्पपछि समुन्द्री तटका झण्डै एक लाख जनालाई तत्काल सुरक्षित स्थानमा लगिएको थियो ।

टिप्पणीहरू