सर्वसाधारणलाई ठग्दै आएका म्यानपावर सञ्चालक प्रहरी खोरमा

सर्वसाधारणलाई ठग्दै आएका म्यानपावर सञ्चालक प्रहरी खोरमा

युरोप पठाइदिने प्रलोभन देखाएर ठगी गर्दै आएका म्यानपावर सञ्चालक पक्राउ परेका छन् । मार्स नामक म्यानपावरका सञ्चालक जयराम पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने प्रलोभन देखाउँदै १९ लाख ६० हजार ठगी गरेको देखिन आएको प्रहरीको भनाई छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१ घर भएका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई युरोप पठाइदिने र उता पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तीन लाखभन्दा धेरै तलब हुने प्रलोभन देखाएका थिए । 

थप अनुसन्धान तथा कारबाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ ।

टिप्पणीहरू