क्यानको ‘क्रिकेट क्यालेण्डर’ मा खेलाडीको उमेरदेखि लिंग समावेश

क्यानको ‘क्रिकेट क्यालेण्डर’ मा खेलाडीको उमेरदेखि लिंग समावेश

नेपाल क्रिकेट संघ (क्यान) ले  वार्षिक कार्ययोजनाको क्यालेण्डर सार्वजनिक गर्ने भएको छ । सन् २०२४ मा आयोजना हुने क्रिकेट प्रतियोगिताको तालिका समावेश गरेर क्यालेण्डर निकाल्न लागिएको बताइएको छ ।

पर्सि दिउँसो १ बजे कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ‘क्रिकेट क्यालेण्डर’ सार्वजनिक गरिने क्यानले जनाएको छ । जनवरीदेखि डिसेम्बरसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर समूह, महिला तथा पुरुष क्रिकेटका खेल क्यालेण्डरमा उल्लेख हुनेछ ।

टिप्पणीहरू