संयुक्त समितिको बैठकमा भाग लिन एक दर्जन भारतीय अधिकारीहरु काठमाडौंमा

संयुक्त समितिको बैठकमा भाग लिन एक दर्जन भारतीय अधिकारीहरु काठमाडौंमा

नेपाल–भारत संयुक्त समितिको आज हुन लागेको बैठकमा भाग लिन भारतीय अधिकारीहरु काठमाडौं आइपुगेका छन् । प्रतिनिधिमण्डलका झण्डै एक दर्जन सदस्यहरु दुई वटा उडानमा नयाँ दिल्लीबाट आएका हुन् ।

नेपाल वायुसेवाको उडानमा साँझ साढे ७ बजे पाँच जनाको टोली आएको बताइन्छ । ११ औं संयुक्त समितिको बैठकमा ऊर्जा सम्बन्धी छलफलका लागि भारतीय केन्द्रीय विद्युत प्राधिकरणका निर्देशक ओमकान्त शुक्लासहितको टोली आएको हो ।

हिजै दिउँसो भिस्तारा एअरको उडानमा छ जनाको टोली पनि सोही बैठकमा सहभागी हुन दिउँसो सवा ४ बजे नयाँ दिल्लीबाट काठमाडौं आइपुगेको हो । भारतीय ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल ऊर्जा मन्त्रालयका सहसचिवलगायत छन् ।

टिप्पणीहरू