तनहुँको मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँको मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते

तनहुँमा आज बिहान भएको बस दुर्घटनामा ३२ जना घाइते भएका छन् ।  वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस म्याग्दे गाउँपालिका–६, मौरीबजार नजिकैको सडकबाट खोलामा खसेको छ ।  

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । बसचालक कास्की, लुम्लेका ३४ वर्षीय अन्तिम सुनार र सहचालक तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारका ३२ वर्षीय सागर श्रेष्ठ पनि घाइते छन् ।

टिप्पणीहरू