राष्ट्रिय सभा चुनावका लागि आज मतदाता नामावली टाँसिने, अन्तिम नाम आइतबार

राष्ट्रिय सभा चुनावका लागि आज मतदाता नामावली टाँसिने, अन्तिम नाम आइतबार

राष्ट्रिय सभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ । माघ ११ गते हुने चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्न लागेको हो ।

मतदाता नामावलीउपर दावी विरोधको उजुरी दिन आजै दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको आयोगले जनाएको छ । दावी विरोधउपर छानबिन गरी आयोगले आइतबार अन्तिम नामावली प्रकाशन गर्नेछ । पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यतालिका छ ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखहरुको छुट्टाछुट्टै मतभार तोकिएको छ ।
 

टिप्पणीहरू