मेयर चौधरीका २३ काम, किरिया खर्चदेखि गर्भवतीलाई पोषण वितरण

मेयर चौधरीका २३ काम, किरिया खर्चदेखि गर्भवतीलाई पोषण वितरण

सिरहाको लहान नगरपालिकाका मेयर महेशप्रसाद चौधरीले निर्वाचितपछि गरेका कामको सूची सार्वजनिक गरेका छन् । उनको सचिवालयले प्रगति विवरण सार्वजनिक गरेको छ । 

पछिल्लो २० महिनामा मेयर चौधरीले २३ वटा काम सम्पन्न गरेको जनाइएको छ । दलितभित्रको पनि दलित मानिने मुसहर समुदायका मृतकलाई उपलब्ध गराइने किरिया खर्च, जन्म दर्ता, मृत्यु दर्ता, नागरिकता बनाउन गर्नुपर्ने आवश्यक सिफारिस शुल्क मिनाहासम्मका विषय विवरणमा उल्लेख छन् । 

त्यस्तै, हरेक महिनाको २२ गते गर्भवती महिलालाई पोषण खाद्यान्न वितरण, आँखा शिविरबाट एक हजार ९१ जनाको मोतीबिन्दुको शल्यक्रिया, सात हजार जनाको औषधोपचार, महिला समूह सहकारीका २४ जना महिलालाई व्यवसाय गर्न वीजपूँजीका लागि सहयोगस्वरुप २५ हजार रुपैयाँ वितरण, विद्यालयका कार्यालय सहयोगी, लेखापाल र बालविकास शिक्षकको आठ हजार रुपैयाँ तलबवृद्धि पनि उनको प्रगति विवरणमा समेटिएको छ । 

एक आर्थिक वर्षभित्र १५ किलोमीटर सडक आरसीसी र पीसीसी ढलान, वडा नम्बर १२ र १५ का मुसहर समुदायका ६५ घरपरिवारलाई पक्कीघर वितरण, नगरमा १४१ ट्युबेल तथा १८ वटा डिप बाोरिङ जडान, महिलालाई स्वःरोजगार बनाउन खेलौना बनाउने तालिम, विद्युतीकरणका लागि ४५० पोल जडान पनि विवरणमा छ ।

टिप्पणीहरू