माछा मार्न हिँडेका पुरुष खोलामा मृत

माछा मार्न हिँडेका पुरुष खोलामा मृत

मकवानपुरमा एक जना पुरूषको शव खोलामा भेटिएको छ । बागमती गाउँपालिका-४ झुरझुरेका ३५ वर्षीय गोपाल थिङको शव आज बिहान बागमती खोलामा फेला परेको हो ।

आज बिहान ३ बजेतिर उनको शव बागमती खोलामा फेला परेको र मृत्युको कारण नखुलेको बताइएको छ । मृतक थिङ हिजो अपराह्न ४ बजे घरबाट माछा मार्न जान्छु भनेर निस्किएका थिए । तर, उनी राती अबेरसम्म पनि नफर्किएपछि आफन्तले खोजी गरेका थिए ।

टिप्पणीहरू