राष्ट्रिय सभाका उम्मेदवारविरुद्ध आज उजुरी
राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ ।
निर्वाचन कार्यतालिका अनुसार हिजो मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि ५२ जनाको उम्मेदवारी परेको छ । उनीहरूविरूद्ध उजुरी परे भोली र पर्सि जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।
त्यस्तै, पुस २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । त्यसपछि सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । माघ ११ गते मतदान हुनेछ ।
टिप्पणीहरू