राष्ट्रिय सभाका दुई उम्मेदवारविरुद्ध उजुरी, आज जाँचबुझ

राष्ट्रिय सभाका दुई उम्मेदवारविरुद्ध उजुरी, आज जाँचबुझ

राष्ट्रि यसभा निर्वाचनको लागि मनोनयन दर्ता गराएकाहरुको उम्मेदवारीउपर परेका दाबीविरोध र उजुरीउपर आज छानबिन गरिँदैछ । 

राष्ट्रिय सभाको १९ सिटका लागि अस्ति सोमबार ५२ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले ति उम्मेदवारीउपर परेका उजुरीहरु आज र भोलि जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । 

उमेदवारविरुद्ध हिजो दाबीविरोध र उजुरी आह्वान गरिएको थियो । जसमा २ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा अपाङ्गता भएका व्यक्तिको कोटाबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा माओवादी केन्द्रको तर्फबाट दलित कोटाका उम्मेदवार विष्णु विकविरुद्ध उजुरी परेको हो ।

भट्टविरुद्ध एमालेका उम्मेदवार रामचन्द्र जोशीले अपाङ्गतासम्बन्धी प्रमाण नपुगेको तथा विकविरुद्ध एमालेकै उम्मेदवार हिकमत विकले प्रतिनिधिसभा सदस्यको बन्दसूचीमा नाम भएको भन्दै उजुरी दिएका हुन् ।

टिप्पणीहरू