गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता खटाउने निर्णयपछि माधव नेपाल नेपालगञ्ज प्रस्थान

गठबन्धनका उम्मेदवारलाई जिताउन कार्यकर्ता खटाउने निर्णयपछि माधव नेपाल नेपालगञ्ज प्रस्थान
सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रिय सभा चुनावमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टी पंक्ति परिचालन गर्ने निर्णय गरेको छ । 

आज बसेको सो पार्टीको ७३ औँ सचिवालय बैठकले उक्त निर्णय गरेको बताइएको छ । बैठकले पार्टीको विधान संशोधनबारे सुझाव संकलनका लागि प्रदेश र जिल्ला कमिटीमा पठाएको मस्यौदा केन्द्रमा आएपछि थप अध्ययन गरेर अन्तिम रूप दिने निर्णय पनि गरेको छ । 

बैठकलगत्तै अध्यक्ष माधवकुमार नेपाल नेपालगञ्ज पुग्नुभएको छ । उहाँ साँझको उडानमा त्यता जानुभएको हो । बुद्ध एयरको उडानमा अध्यक्ष नेपाल साँझ पौने ७ बजे काठमाडौँबाट नेपालगञ्ज प्रस्थान गर्नुभएको हो ।

टिप्पणीहरू