नागरिक उन्मुक्तिको महाधिवेशनमा दुई पूर्वप्रधानमन्त्री पाहुना

नागरिक उन्मुक्तिको महाधिवेशनमा दुई पूर्वप्रधानमन्त्री पाहुना

सत्तारुढ नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आजदेखि शुरु भएको छ । 

तीन दिनसम्म चल्ने महाधिवेशनको आज कैलालीको टीकापुरमा उद्धघाटन गरिएको हो । महाधिवेशनमा ५२ जिल्लाबाट करिब ८ हजार प्रतिनिधि सहभागी हुने सो पार्टीका संरक्षक रेशमलाल चौधरीले बताएका छन् । 

महाधिवेशनको उद्घाटन समारोहमा अतिथिको निम्तो पाएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतका नेताहरू टिकापुर पुगेका छन् । त्यस्तै, भारतको विभिन्न राजनीति दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको उन्मुक्तिले जनाएको छ । 

टीकापुर हत्याकाण्डमा जेल परेका रेशम चौधरीले डिल्लीबजार कारागारबाटै गठन गरेको नागरिक उन्मुक्ति पार्टीले गत आमचुनावमा प्रतिनिधिसभातर्फ चार सिट जितेर संसदमा उपस्थिति जनाएको छ । रेशमकी श्रीमतीसमेत रहेकी भूमि व्यवस्था मन्त्री रन्जिता श्रेष्ठ अहिले अध्यक्ष छिन् । 

महाधिवेशनले अध्यक्ष र पदाधिकारीसहित दुई सय ४६ जनाको केन्द्रीय समिति निर्वाचित गर्नेछ । महाधिवेशनपछि रेशम आफैँ अध्यक्ष बन्ने तयारीमा रहेको बताइन्छ ।

टिप्पणीहरू