वीरका बिरामीले गुनासो गर्ने अवस्था आउन नदिन प्रधानमन्त्रीसँग छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशकै स्वास्थ्य अवस्थाको चित्र देखिने हुँदा वीर अस्पतालको सेवा प्रवाह प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ ।
आज चिकित्सा विज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीसँगको छलफलमा उहाँले अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न पनि न्याम्सका पदाधिकारील़ाई निर्देशन दिनुभयो ।
अस्पतालले माग गरेको स्रोत-साधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, 'बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवसथा आउनु भएन ।' वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी सेवा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्रीको जोड छ ।
छलफलमा न्याम्सका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीरमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै अस्पताललाई आवश्यक स्रोतसाधान उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।
टिप्पणीहरू