एसमा मिसिएका सिर्पाइलीले भने, एमालेमा टिक्न कि दास बन्नुपर्छ नत्र भीम रावल

एसमा मिसिएका सिर्पाइलीले भने, एमालेमा टिक्न कि दास बन्नुपर्छ नत्र भीम रावल

नेकपा एमालेका युवा नेता तिलक सिर्पाइली नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । 

आज एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगर पुगेर उनी सो पार्टीमा मिसिएका हुन् । एसका महासचिव घनश्याम भुसाल, सचिवद्धय जीवनराम श्रेष्ठ र हरि पराजुली, पोलिटब्युरो सदस्य मेटमणि चौधरीलगायतका नेताहरुले सिर्पाइलीलाई पार्टीमा स्वागत गरे ।  

नयाँ पार्टीमा प्रवेश गर्दै उनले एमाले चरम व्यक्तिवादमा फसेको आरोप लगाए । भने,‘असली कम्युनिष्ट कार्यकर्ताका लागि एमालेमा तीन विकल्प छन् । पहिलो, नेतृत्वको दास बन्नुपर्छ । दोस्रो, भीम रावल बन्नुपर्छ र तेस्रो, विद्रोह गर्नुपर्छ । त्यसैले समग्रमा हिजोको दिनमा मैले नेता मानेका र आजका दिनमा पनि मैले मान्नुपर्ने नेता एकीकृत समाजवादीमा हुनुहुन्छ । म एमालेको दास भएर बस्न चाँहिन । विद्रोह गरेर हिँडे ।’

सिर्पाइली एमालेको कर्णाली प्रदेश कमिटीका पूर्वसदस्य हुन् ।

टिप्पणीहरू