स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल म्याड्रिड भिड्दै

स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल म्याड्रिड भिड्दै
सुन्नुहोस्

स्पेनिस सुपर कपमा बार्सिलोना फाइनलमा प्रवेश गरेको छ । 

गएराती भएको खेलमा ओसासुनालाई २–० ले हराउँदै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र यामलले एक-एक गोल गरे । 

अब उपाधिको लागि बार्सिलोना र रियल मड्रिडबीच भिडन्त हुनेछ । बुधबार राती भएको खेलमा एथ्लेटिको मड्रिडलाई हराउँदै रियल म्याड्रिड फाइनल पुगेको थियो । 

बार्सिलोनाले अहिलेसम्म कीर्तिमानी १४औं पटक स्पेनिस सुपर कपको उपाधि जितिसकेको छ । फाइनल खेल आइतबार राति पौने १ बजेदेखि शुरु हुनेछ ।

टिप्पणीहरू