संसदको हिउँदे अधिवेशन माघको तेस्रो साताबाट
संघीय संसद्को हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने सरकारले तयारी गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आज सो कुरा बताउनुभएको हो ।
राष्ट्रिय चलचित्र नयाँ नीति २०७१ चलचित्र निर्माण प्रदर्शन तथा वितरण ऐन २०२६ लाई प्रतिस्थापन गर्न बनेको विधेयकको मस्यौदाबारे आज ललितपुरमा भएको छलफलमा मन्त्री शर्माले भन्नुभयो, 'आउने अधिवेशन माघको १८ वा २० तिरबाट शुरु हुन्छ । संसद अधिवेशनमा पेस गर्ने गरेर हामीले यो चलचित्र सम्बन्धी ऐनलाई तयारी गरेर पठाउने तयारीमा छौँ । यसबाट नेपालको चलचित्र क्षेत्रमा हामीले बनाउने कानूनले महत्वपूर्ण अर्थ राख्नेछ ।’
नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको पनि उहाँले बताउनुभयो । मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।
टिप्पणीहरू