बस दुर्घटनामा निधन भएका १२ मध्ये आठको सनाखत, २३ जना घाइते

बस दुर्घटनामा निधन भएका १२ मध्ये आठको सनाखत, २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा निधन भएकाको संख्या १२ पुगेको छ । तीमध्ये आठ जनाको सनाखत भएको छ । दाङको भालुबाङस्थित राप्ति नदीमा गएराति बस खस्दा ठूलो संख्यामा मानवीय क्षति भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने र जुम्लाका ४० वर्षीय मुनबहादुर रावत हुन् । त्यसैगरी बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत बिहारका ६७ वर्षीय देवेन्द्र राय र नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेतको पनि दुर्घटनामा ज्यान गएको छ । । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।

घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ । भे.१ ख ३९१२ नम्बरको बसका चालक सल्यानका २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घाइतेहरुमा काठमाडौंकी ११ वर्षीया अब्या पाण्डे, वर्ष ३८ की मञ्जु शर्मा, बाँकेका २० वर्षे निरञ्जन कोरी, वर्ष २४ का आशुतोष गौतम र रौतहटका २६ वर्षीय सञ्जय कार्की छन् । 

त्यसैगरी बाँकेको कोहलपुरका २१ वर्षे धनबहादुर पुन मगर, भारतका २० वर्षीय छोटी सिलौटा, बर्दियाका २२ वर्षीय राजीव थारु, जुम्लाका १९ वर्षीय विशाल बोहरा र बाँकेका १८ वर्षीय दशरथ विक पनि घाइते भएका छन् । 

घाइते अन्यमा बाँकेका १९ बर्षीय नफिज खान, डोल्पाका ३५ वर्षीया धनकली बुढा, बाँकेको राप्ती सोनारी २ का ३१ वर्षीय कुलबहादुर गोसाई घाइते भएका छन् । उनी बसका सहचालक हुन् । 

काठमाडौंका ४५ वर्षीय सुवास कार्की, नेपालगञ्जकी ३५ वर्षीया लिला वली, ६० वर्षीया कुसुम बस्नेत, बैजापुरका २१ वर्षीय शंकर थारु र २३ वर्षे भारतीय राहुलकुमार अहीरको पनि अस्पतालमा उपचार भइरहेको छ ।
 

टिप्पणीहरू