किराना पसलमा आगलागी, लाखौंको क्षति
इलामको सूर्योदय नगरपालिका–१० याङ आदर्श टोलमा आगलागी भएको छ । बस्ने राजन पौडेलको किराना पसलमा आगलागी भएको हो ।
आज बिहान लागेको आगलागीबाट पसलका फर्निचर, लत्ताकपडालगायत सामान जलेर नष्ट भएको जनाइएको छ । प्रहरीका अनुसार आगलागीबाट करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको अनुमान गरिएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू