स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्षको निधन, आज शोक बिदा

स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्षको निधन, आज शोक बिदा

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाकी उपाध्यक्ष मैना जोशीको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित उनको आज बिहान ३ बजेर १० मीनेटमा  निधन भएको हो । 

निधनको शोकमा गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । 

‘यस स्वामिकार्तिक खपर गाउँपालिकाका उपाध्यक्ष श्री मैना जोशीज्यूको मिति २०८०–१०–४ गते बिहान ३ बजेर १० मीनेटमा अल्पायुमै दुःखद निधन भएकोले स्वामिकार्तिक खापर गाउँपालिका परिवार स्तब्ध भएको छ । यस दुःखद घडीमा शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दै यस गाउँपालिकाको मिति २०८०–१०–४ गतेका दिन शोक बिदा दिने गाउँ कार्यपालिकाको आकस्मिक बैठकको निर्णय भएको...’, जारी सूचनामा उल्लेख छ ।

२०७९ वैशाख ३० गते भएको स्थानीय तहको चुनावमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

टिप्पणीहरू