ज्ञानबहादुरले राप्रपाको आन्दोलन धान्ने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्धारा घोषित बृहत आन्दोलनको मूल समितिमा प्रवक्ता तथा सांसद ज्ञानबहादुर शाही सदस्य सचिवमा मनिनित भएका छन् ।
सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई आन्दोलनको मूल समितिको सदस्य सचिवमा मनोनयन गरेका हुन् । प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार शाहीलाई आन्दोलनको मूल समितिका संयोजक एवं अध्यक्ष लिङ्देनको नेतृत्व र निर्देशनमा रहेर कार्य गर्ने तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी तोकेर सो पदमा मनोनित गरिएको हो ।
‘राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले सञ्चालन गर्ने बृहत आन्दोलन मूल समितिको सदस्य सचिवमा पार्टीका प्रवक्ता, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई मनोनयन गर्नुभएको छ । शाहीलाई आन्दोलन मूल समितिका संयोजक, अध्यक्ष राजेन्द्र लिङ्देनको प्रत्यक्ष नेतृत्व र निर्देशनमा रही कार्य गर्न तथा आन्दोलनका लागि गठित विभिन्न समितिसँग समन्वय गर्ने जिम्मेवारी प्रदान गरिएको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ ।
राप्रपाको गत पुसमा बसेको बैठकले राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको लागि जनदबाब सिर्जना गर्न बृहत आन्दोलन गर्ने निर्णय गरेको थियो । उक्त आन्दोलनको नेतृत्व अध्यक्ष लिङ्देन गर्नेछन् ।
टिप्पणीहरू