उपकुलपतिमाथि कारबाही भन्दै मेयर फेरि जुर्मुराए
धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।
नगर प्रमुख साम्पाङले आज पत्र लेख्दै कामु उपकुलपति कार्कीलाई कानून मुताविक तुरुन्तै आवश्यक कारबाही गर्न माग गरेका हुन् ।
मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तत्काल बोलाउने निर्देशन दिएपनि उनले हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधनजस्ता विषयमा अन्यौल देखिनुका साथै हालको विद्यमान परिस्थितिको समस्या समाधान गर्न नसकेको पत्रमा उल्लेख छ ।
लेखिएको छ, ‘बीपीको स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अवस्थित नेपालको नै एउटा प्रतिष्ठित प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीलाई स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तुरुन्त बसाउने निर्देशन दिएपनि हालसम्म कुनै बैठक राख्न नसकेकाले प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकका माग सम्बोधनजस्ता विषयमा अन्यौलता देखिनुका साथै हालको विद्यमान परिस्थितिको समस्या समाधान गर्न नसकेको हुँदा निजलाई कानून मूताविक तुरुन्तै आवश्यक कारबाही अघि बढाईदिनुहुन अनुरोध छ ।’
टिप्पणीहरू