दुधको ट्याङ्करले ठक्कर दिएका वृद्ध सशस्त्र प्रहरी अस्पतालमा भर्ना

दुधको ट्याङ्करले ठक्कर दिएका वृद्ध सशस्त्र प्रहरी अस्पतालमा भर्ना

काठमाडौँको ढुंगे अड्डामा दुध बोक्ने ट्यांकरको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । 

चन्द्रागिरी नगरपालिका १५ मा आज बिहान नैकापबाट कलंकीतर्फ जाँदै गरेको ट्यांकरले ठक्कर दिँदा ६५ बर्षीय महेन्द्रलाल दास घाइते भएका हुन् ।

घाइते दासको सतुंगलस्थित एपीएफ अस्पतालमा उपचार भइरहेको छ । उनी स्थानीय विष्णुदेवी हाउजिङमा बस्दै आएका थिए । 

ट्यांकर र चालक सुरेश श्रेष्ठलाई प्रहरीले नियन्त्रण लिएर अनुसन्धान थालेको बताइएको छ ।
 

टिप्पणीहरू