भक्तपुरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको निधन

भक्तपुरमा सवारी दुर्घटना, मोटरसाइकल चालकको निधन

भक्तपुरमा भएको सवारी साधन दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा प्रदेश नम्बर ०२ ०२२ प ८७३२ नम्बरको मोटरसाइकल चालकको मृत्यु भएको बताइएको छ ।

प्रहरीका अनुसार हिजो साँझ सल्लाघारीबाट सूर्यविनायकतर्फ जाँदै गरेको उक्त मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२१ प ९०३२ नम्बरको स्कुटर आपसमा ठोक्किएको हो । दुर्घटनापछि मध्यपुरथिमी अस्पताल लगिएका भक्तपुरको पाण्डा निवासी २० वर्षीय ओम केसीको उपचारको क्रममा निधन भएको छ । मोटरसाइकलको पछाडि बसेका २२ वर्षका विकल केसी घाइते छन् । 

स्कुटर चालक मेलम्चीका २६ वर्षे रोशन तामाङलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
 

टिप्पणीहरू