राष्ट्रपतिसँग अष्ट्रेलियन राजदूतको शिष्टाचार भेट
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा आज भेटवार्ता भएको हो । भेटमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले दक्षिण–पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको समृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेको बताउनुभएको थियो । नेपालजस्ता भूपरिवेष्टित र अल्पविकसित मुलुकको सामाजिक एवं आर्थिक विकासमा अष्ट्रेलियाको सहयोग आगामी दिनमा अझ वृद्धि हुने राष्ट्रपतिले विश्वाससमेत व्यक्त गर्नुभएको छ ।
टिप्पणीहरू